ट्रायल मूल्याङ्कन

ट्रायल जानकारी

परीक्षण जानकारी

परीक्षण परीक्षा सात भागहरूमा विभाजित छ, कुल १०० अंक। परीक्षार्थीले परीक्षण परीक्षा पास गर्न कम्तिमा ७० अंक प्राप्त गर्नुपर्छ।

परीक्षण घटकहरू

घुमाउरो '8'

अंक
२०
कट अफ अंक
  • एक पटकसम्म अंकित रेखा छोएमा (-५)
  • एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा (-५)
विफलताको अवस्था
  • एकपटक भन्दा बढी अंकित रेखा छोएमा
  • सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा
  • एकपटकभन्दा बढी भुईमा सुट्टाले टेकेमा
  • ठीक दिशाबाट ठीक तरिकाबाट '8' नबनाएमा र सवारीको स्टार्ट बन्द भएमा

सांघुरो फलेक

अंक
१०
कट अफ अंक
-
विफलताको अवस्था
  • भुइमा टेकेमा वा फलेक पार गर्नुअघि नै बाहिर निस्किएमा

यू-टर्न

अंक
१०
कट अफ अंक
  • सवारीमा टर्निङ इन्डिकेटर लाइट नबलेमा (-१०)
विफलताको अवस्था
  • अंकित रेखा छोएमा

ट्राफिक लाइट

अंक
१५
कट अफ अंक
  • ट्राफिक लाइट नियम पालन नगरेमा (-१५)
विफलताको अवस्था
-

उबड़-खाबड (बम्प्स)

अंक
१५
कट अफ अंक
  • एक पटकसम्म खुट्टाले भुइँ टेकेमा (-५)
  • एक पटकसम्म सवारीको स्टार्ट बन्द भएमा (-५)
विफलताको अवस्था
  • एक पटकभन्दा बढी खुट्टाले भुइँ टेकेमा
  • एक पटकभन्दा बढी सवारीको स्टार्ट बन्द भएमा

उकालो (याम्प)

अंक
२०
कट अफ अंक
-
विफलताको अवस्था
  • तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा• रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा पछाडिको टायर ६ इन्च भन्दा पछाडि सरेमा
  • ओरालो झर्दा तोकिएको रेसा नाही सवारी रोकेना वा नरोकी अघि बढेमा
  • एक पटकभन्दा बढी सवारी स्टार्ट बन्द भएमा

व्यवहारगत पक्ष

अंक
१०
कट अफ अंक
  • सवारी चलाउनुपूर्व सवारीको ऐना, टायर, ब्रेकको समान्य परीक्षण नगरेमा (-३)
  • हेल्मेटको लक नलगाई सवारी चलाएमा (-४)
  • असंयमित तरिकाले सवारी चलाएमा (-३)
विफलताको अवस्था
-

परीक्षण सुझावहरू

  • सम्भव भए वास्तविक परीक्षा मार्गमा अभ्यास गर्नुहोस्
  • परीक्षाको समयमा शान्त र केन्द्रित रहनुहोस्
  • परीक्षकले दिएका सबै निर्देशनहरू पालना गर्नुहोस्
  • नियमित रूपमा ऐना जाँच गर्नुहोस्
  • संकेतकहरू राम्रोसँग प्रयोग गर्नुहोस्
  • उचित गति सीमा कायम राख्नुहोस्
  • पैदल यात्रु र अन्य सवारीहरूको बारेमा सचेत रहनुहोस्