प्रक्रिया नक्सा

लाइसेन्स चरणहरू

लिखित र ड्राइभिङ अभ्यास

यस एप मार्फत लिखित परीक्षाको लागि अभ्यास गर्न सक्नुहुन्छ । ड्राइभिङ अभ्यासको लागि, तपाईं नजिकैको ड्राइभिङ प्रशिक्षण केन्द्रहरूमा जान सक्नुहुन्छ ।

अनलाइन फारम भर्ने

अनलाइन फारम DOTM आधिकारिक वेबसाइटबाट भर्न सकिन्छ जहाँ तपाईंले आफ्नो व्यक्तिगत विवरण, ठेगाना विवरण र नागरिकता विवरणहरू भर्नु पर्छ । सीमित कोटा मात्र हुनाले कहिलेकाहीँ यो अनुमोदन नहुन सक्छ ।

कागजात पेस

सबै कागजातहरू नियुक्ति मितिमा पेश गर्नुपर्छ । अनलाइन दर्ता गरिएको डाटा प्रमाणित हुन्छ र मेडिकल टेस्ट लिइन्छ (रङ अन्धोपन) । फारम भुक्तानी सोही दिन गरिसक्नुपर्दछ ।

परीक्षा (लिखित)

२५ ओटा वस्तुगत प्रश्न सोदिनेछ जसमा कम्तीमा २ ट्राफिक साइन हुनेछन् । नतिजा सोही दिन एसएमएस सेवा, फेसबुक पेज र वेबसाइट मार्फत प्रकाशित गरिनेछ ।

परीक्षण

यातायात कार्यालयले तोकेको परीक्षण केन्द्रमा जानुहोस् । तपाईंले आफ्नो परीक्षण पास गर्ने ३ मौका पाउनुहुनेछ र यदि तपाईं असफल हुनुभयो भने प्रत्येक परीक्षणबाट कम्तीमा १० दिनको अन्तर हुनुपर्छ ।

भुक्तानी र इजाजतपत्र

तपाइले परीक्षण पास गरेपछि, अन्तिम भुक्तानी १० दिन पछि गर्नुपर्छ र इजाजतपत्र प्राप्त नगरेसम्म तपाइँ कानूनी रूपमा त्यो भुक्तानी पर्चीको साथ ड्राइभ गर्न सक्नुहुन्छ । स्मार्ट लाइसेन्स वितरण सुस्त छ । तपाईं एसएमएस वा वेब सेवा मार्फत लाइसेन्स छापिएको स्थिति जाँच गर्न सक्नुहुन्छ ।